Logo
Ad

काभ्रेको बिहावरमा यसरी हुँदैछ पहिलोे पर्यटन महोत्सव

२४ चैत । काठमाडौं

काभ्रेको बिहावर (रयाले र कुशादेवी) मा पहिलोपटक ‘बिहावर क्षेत्र पर्यटन महोत्सव’ हुने भएको छ । आगामी वैशाख १५, १६ र १५ गते हुने पहिलो पर्यटन महोत्सवको पर्यटनमन्त्री रविन्द्र अधिकारी र संचारराज्यमन्त्री गोकुल बास्कोटाले उद्घाटन गर्ने भएका छन् ।

कुशादेवी सरोकार समाजका सचिव पुरुषोत्तम अधिकारीले बिहावर क्षेत्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक विषयको प्रवद्र्धनकासाथै हिमाल, वनजंगलको दृश्यावलोकनका साथै हिमाल, वनजंगलको दृश्यावलोकनका साथै प्याराग्लाइडिङ, साइक्लिङको माध्यमबाट साहसिक पर्यटनको नयाँ गन्तव्यको रुपमा प्रवद्र्धन गर्नका लागि महोत्वसको आयोजना लागेको जानकारी दिए ।

साविकका रयाले गाविस अहिले पनौती नगरपालिका १ र कुशादेवी २ र ३ नम्बर वडामा पर्छन् । बिहावर क्षेत्र भक्तपुर, ललितपुरको महालक्ष्मी नगरपालिका, फूलचोकी क्षेत्रसम्म सीमा जोडिएको छ । यो क्षेत्र काठमाडौंबाट भक्तपुर, बनेपा, पनौती हुँदै ४२ किलोमिटरको दुरीमा छ भने ललितपुरको ग्वार्को, लाकुरीभन्ज्याङ,मानेदोभान हुँदै २१ किलोमिटर टाढा पर्छ ।

महोत्सवको उद्घाटन वैशाख १५ गते १२ बजे गुर्दुमडाँडामा प्याराग्लाइडिङ बाट हुँदै छ । यस अघि नै प्याराग्लाइडिङको परीक्षण उडान भइसकेको छ । पहिलोपटकको परीक्षण उडानपछि प्याराग्लाइडिङ उडानका लागि अनुमति लिइसकिएको समाजका सचिव अधिकारीले जानकारी दिए ।

१६ र १७ वैशाखमा म्याराथन, साइक्लिङ हुनेछ । खुल्ला म्याराथन कुशादेवीको पशुपति मन्दिरबाट सुरु भइ पाँचकन्या, रानीकोट, मुरलीखोला, मानेदोभान, पर्खालचौर हुँुँदै मन्दिरमैं पुगेर टुंगिनेछ । यसको लागि एभरेष्ट म्याराथनले सहयोग गर्ने जानकारी अधिकारीले दिए । प्याराग्लाइडिङ को लागि हिमालयन एडभेन्चरको दीपक राईको टोलीले संयोजन गर्नेछ ।

त्यस्तै महोत्सव अन्तर्गत साइक्लिङ इभेन्ट पनि हुँदैछ । यसको लागि माउन्टेन बाइक एसोसियसनले पनि सहयोग गर्दैछ । साइक्लिङ लाकुरी भन्ज्याङ, लठ्ठा भन्ज्या भन्ज्याङ, खानीडाँडा, मानेदोभान, पर्खालचौर हुुँदै कुशादेवीमा पुगेर टुंगिनेछ ।

बजार महोत्सव पनि हुने

स्थानीय उत्पादनको प्रदर्शन, बिक्रीवितरण र सांस्कृतिक कार्यक्रम पनि महोत्सव अन्तर्गत हुँदैछ । यसको लागि मानेदोभान, पर्खालचौधरी, कुशादेवी, चालिसेसम्मका बजारमा स्टल रहनेछन् । जहाँ स्थानीय स्तरमा उत्पादन भएका खाद्यान्न, फलफूल, तरकारी बिक्रीवितरणका लागि राखिनेछ । मुख्य बजारमा स्वागत गेट बनाउँने तयारी भएको अधिकारीले जानकारी दिए ।

महोत्सवमा स्थानीय खैजेडी भजन टोली, लामाको झाक्री नाँच देखाइनुका साथै दोहोरी गीतसहितका सांस्कृतिक कार्यक्रम पनि हुनेछ । समाजले गर्न लागेको महोत्सवमा पनौती नगरपालिका, टानसहितका संस्थाले पनि सहयोग गर्दैछन् ।

काठमाडौंबाट ४२ किलोमिटरको सडक दुरीमा रहेको काभ्रेको बिहावर क्षेत्रको गुर्दुमडाँडाबाट अधिकांश हिमश्रृखला देख्न सकिन्छ । साथै, फूलचोकी जंगलमा चराचुरुङगी, लालीगुराँस, जंगली जनावर, जडिबुटी, विभिन्न फूलहरु, पुतलीको अवलोकन पनि गर्न सकिनेछ । यस अघि पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि साइक्लिङको परीक्षण उडान, साइक्लिङ, हाइकिङसहितका प्रवद्र्धनात्मक कार्यक्रम भइसकेका छन् । नागीडाँडामा गुम्बा बनाउँनका लागिसमेत पहल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्