Logo
Ad

एउटा टेप जुन टाँसेर यौन सम्पर्क गर्दा गर्भ नै बस्दैन

काठमाडाैं
आजकाल बजारमा असुरक्षित तरिकाले यौनसम्पर्क राख्ने र अवैध गर्भ बस्ने घटना दिनानुदिन बढ्दै छन् । असुरक्षित शारीरिक सम्बन्ध राख्दा गर्भ बस्ने खतरा सधैं रहिरहन्छ । यसबाट बच्न धेरै मानिसहरुले बजारमा पाइने विभिन्न नामधारी औषधी र गर्भनिरोधक साधनहरु प्रयोग गर्ने गर्दछन् ।

तर यी साधन सधैं सकारात्मक बनिंदैनन् । यिनले मानिसको स्वास्थ्यमा असर मात्रै गर्दैनन् यौन सन्तुष्टिमासमेत असर गर्ने गर्छ ।
तर, अहिले बजारमा बजारमा पाइने एउटा सानो टेपको मद्दतले यी झन्झट दुःखलाई टाढा राख्ने दाबी गरिएको छ ।

‘बर्थ कन्ट्रोल प्याच’ नामको टेपले गर्भको खतराबाट मुक्त गराउने दाबी गरिएको छ । जसले स्वास्थ्यमा समेत असर नगर्ने दाबी गरिएको छ । यसले इस्ट्रोजेन र प्रोजेस्टेन हर्मोन उत्पादन गरेर गर्भ बस्ने खतरालाई रोक्ने बताइन्छ ।

 

कसरी प्रयोग गर्ने ?

यो टेपको प्रयो गर्न केही पनि झन्झट छैन । यो सहज र सरल रुपमा प्रयोग गर्न सकिन्छ । यौनसम्पर्कको केहीबेर अघि आफ्नो पेट मुनीकाे भाग वा शरिरमा टाँसेपछि यसले काम गर्न सुरु गर्छ र गर्भ बस्न दिंदैन ।

प्रतिक्रिया दिनुहोस्