Logo
Ad

यस्तो हालतमा भेटियो हराइरहेको मकालु एयरको जहाज

२ जेठ । काठमाडौं

सुर्खेतबाट हुम्लाको सिमकोटका लागि उडेको सामान बोक्ने कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको थियाे ।  बिमानले बाजुराको हिला नदिको चौरमा आपतकालीन अवतरण गरेको प्रारम्भिक जानकारी अाएकाे थियाे । तर, जहाज हुम्लाकाे खार्पुनाथ गाउँपालिकाकाे बाहुनखर्कमा दुर्घटनामा परेकाे हाे । बिमानले ११७० केजी खाद्य सामग्री बोकेको थियो ।

९ एन एजेयु कल साइन जहाज सुर्खेतबाट उडेपछ बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट विमानस्थलमा अवतरण गर्नुपरे पनि नगरेपछि खोजी भएको थियो ।

त्रिभुवन त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जहाजको फोर्स ल्यान्डिङ गरिएको जानकारी दिएका थिए । तर विमान हुम्लामा दुर्घटना हुँदा दुवै पाइलटकाे निधन भएकाे छ । विमानमा पाइलट किरन भट्टराई र को पाइलट आदित्य नेपाली थिए । यो विमान सिंगल इन्जिनको हो । विमान डाँडामा ठाेकिएर दुर्घटनामा परेकाे अनुमान गरिएकाे छ । विमानमा अागाे भने लागेकाे छैन । तर, जमिनमा धस्सिदा क्षत विक्षत भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्