Logo
Ad

लालबाबु पण्डित ३० हजार घुस लिदै गरेको अवस्थामा पक्राउ

काठमाडौ २ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राइस मिलमा थ्रिफेज विद्युत मिटर जडान गर्न ३० हजार घुस खाएको भन्दै लालबाबु पण्डित विरुद्ध बिशेष अदालत काठमाडौमा मुद्धा दायर गरेको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, महोत्तरीमा कार्यरत ईलेक्ट्रिसियन लालबाबु पण्डित समेतले सेवाग्राहीसँग राईस मिलमा थ्रि –फेज विद्युत मिटर जडान गर्ने प्रयोजनका लागि तीन हजार घुस लिएका थिए ।

उनलाई अख्तियारको टोलीले घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो । अख्तियारले पण्डितलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० बमोजिम ३० हजार विगो र र महिनासम्म कैद सजाय हुन मागदावी गर्दै विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्