Logo
Ad

एक पूर्व प्रधानमन्त्रीको दावी, एमालेहरु माओवादीमाथि दमन बढाउन विरेन्द्रलाई यसरी उक्साउँथे

नयाँ पिढीका लागि नेपालको राजतन्त्र एउटा रोचक इतिहास बनेको छ । राजाको शासन व्यहोरेका

पुस्ता समेत राजसंस्था यहि कारण ढल्यो भनेर दावीका साथ भन्ने स्थितीमा छैनौँ । दरबारभित्रको क्रियाकलापमा केन्द्रित भएर रत्तकुण्ड देखि दरबार हत्याकाण्डसम्मका किताबहरु सार्वजनिक भए तर के त्यो पुस्तकमा समेटिएको विषयबस्तु अनुसार नै नेपालबाट राजसंस्थाको अन्त्य भएको हो त ? अन्तिम दुई राजा बिरेन्द्र र ज्ञानेन्द्रवीचको समानता र भिन्नता केके थिए ? पूर्व मन्त्री बुद्धीमान तामागसँगको कुराकानी ।
शान्ति हुन्छ, विकास हुन्छ, जनता खुशी हुन्छन् भने म गणतन्त्र नेपालको राष्टपति भएर बस्नपनि तयार छु, मलाई द्धन्द्धसहितको राजसंस्था चाहिएको छैन भन्ने विरेन्द्रका भनाइले दरबारमा त्यतिखेर निकै हल्लीखल्ली मच्चाएको थियो । जतिबेला माओवादीले सशस्त्र जनयुद्धलाई गति दिइरहेको थियो । राजालाई खुशी पार्न दलको सरकारका प्रधानमन्त्री र मन्त्रीहरु माओवादीमाथि श्रृखलाबद्ध दमनहरु बढाउँथे । तर यस्तो दमनबाट समस्या समाधान हुँदैन भन्ने राजा विरेन्द्रको मत थियो । भलाद्मी स्वभावका राजा विरेन्द्र कसैको पनि मन नदुखोस् भन्ने चाहन्थे र ठूलाठूला राजनीतिक निर्णय गर्नुपर्दा परिपक्क राजनीतिक व्यक्तिहरुसँग घण्टौँसम्मको छलफल गर्थे । तर कुनै निर्णयमा अडिएपछि त्यसबाट फर्कउन वा पछि हटाउन भने निकै गार्यो हुन्थ्यो । राजा विरेन्द्रसँग निकै लामो समय काम गरेका एक पूर्वप्रधानमन्त्री सम्झन्छन्, म प्रधानमन्त्री हुँदा मैले केहि सुधारका योजनाहरु लगेको थिएँ, लामो छलफलपछि बिरेन्द्रले स्वीकार्नु भयो । तर त्यो प्रस्तावमा दरबारका केहि मानिसहरु असन्तुष्ट थिए । उहाँलाई त्यो प्रस्ताव नस्वीकार्न निकै जोड गरेँ तर उहाँ आफ्नो निर्णयबाट पछि हट्नुभएन ।” विरेन्द्र विधीको शासन स्थापित गर्न चाहन्थे र प्रधानमन्त्रीले आफ्नो अधिकार क्षेत्रभित्र रहेर गरेका कुनैपनि काममा हस्तक्षेप गर्दैनथे । कहिलेकाँहि कुनै विषयमा चित्त बुझेन भने यो के हो भनेर सोध्थे तर सोझै यो नगर कहिल्यै भनेनन् । उनमा उच्चस्तरको राजनीतिक संस्कार थियो, हामीले नाम नखुलाइ पदको रुपमा मात्र प्रस्तुत गरेका पूर्व प्रधानमन्त्री भन्छन्, राजा भएर पनि विरेन्द्रमा त्यस्तो शक्तिको मात थिएन, उनी साधारण नागरिक जस्तै सहज रुपमा छलफलमा विषयहरु राख्थे । चित्त नबुझेका कुराहरु प्रष्ट भन्न पटक पटक आग्रह गरिरहन्थे ।

यो कामले जनतालाई के फाइदा हुन्छ ? विरेन्द्रका प्राय दोहोरिने प्रश्न थिए । कुनै काम वा योजनाबारे निर्णय गर्नुपूर्व विरेन्द्रका यस्ता प्रश्नको जवाफ दिन निकै जटिल हुन्थ्यो । उनी पटकपटक न्युन जीवनस्तर भएका जनतालाई लक्षित गरेर विकासका कार्यक्रमहरु ल्याउन सुझाव दिइरहन्थे । तपाईहरु योजनामात्र बनाउनु हुन्छ, काम कहिलेबाट हुन्छ ? केल्ले रोक्यो विकास निर्माणका कामहरु गर्न ? २०५७ सालको फागुनतिरको एक साँझ दरबारमा भएको छलफलमा बिरेन्द्रले अलि चर्को स्वरमा गरेको प्रश्न स्मरण गर्दै ती पूर्व प्रधानमन्त्री भन्छन्, त्यो छलफलमा उनले मुलुकमा विकास निर्माण ठप्प भएको र द्धन्द्धका नाममा मानिसहरु दिनदिनै मर्नुपरेकोमा किनै चिन्ता जनाएका थिए । दुर्भाग्यवस ती पूर्वप्रधानमन्त्रीसँग विरेन्द्रको त्यो नै अन्तिम औपचारिक कुराकानी बन्न पुग्यो ।
विरेन्द्र विकासवादी राजा थिए । अधिकाशं समय द्धन्द्धका नाममा आफ्ना नागरिकहरु मरिरहेका र विकास निर्माणले गति लिन नसकेकोमा चिन्ता गर्थे । समाधानका विधीबारे छलफल गर्थे । जिल्ला तथा क्षेत्रीय भ्रमणहरुमा जाँदा पनि सम्वन्धीत ठाउँमा के गर्न सकिन्छ ? कसरी विकास गर्दा दिर्घकालीन हुन्छ भन्ने विषयमा चिन्ता लिने गर्थे राजा बिरेन्द्र । दिनभरी भ्रमण गरेका ठाउँबारे राती आफ्ना सहयोगी, मन्त्रीहरुसँग छलफल गर्थे र विभिन्न योजना बनाएर छलफलमा सुनाउँथे । विरेन्द्रका प्रिय पात्रहो रुपमा पटक पटक मन्त्री भएर काम गरेका एक राजावादी भन्छन्, विरेन्द्रको जस्तो विकासको योजना अहिलेसम्म कुनैपनि दलको घोषणा पत्रमा आउन सकेको छैन ।
तर बिरेन्द्र हत्याकाण्डसँगै राजा बन्न सफल भएका ज्ञानेन्द्र ठ्याक्कै उल्टो स्वभावमा थिए । बोली र व्यवहारमा निकै भिन्नता हुन्थ्यो । उनीसँग निरन्तर संगत गरेकाहरुले म सँगको कुराकानीमा भनेका छन् , उनी बोलेका ५० प्रतिशत पनि व्यवहारमा देखाउँदैन थिए । अन्र्तमुखी स्वभावका थिए, चञ्चल, अस्थिर मष्तिस्कले जे आदेश दियो उनी त्यहि गर्थे । विरेन्द्रले जस्तै छलफलहरु त गर्थे तर सबै कुरा व्यवहारमा लागु हुँदैनथियो । विरेन्द्र सरल र प्रष्ट थिए, ऐन र कानुनसँग निकै डराउँथे । बोलेको कुरा पुरा गर्थे । तर ज्ञानेन्द्रलाई ऐन कानुनको पालना गर्नुपर्छ भन्ने राम्रो ज्ञान कहिल्यै आएन । ज्ञानेन्द्र राजनीतिक संस्कारका थिएनन् । सुरक्षा निकायका प्रमुखहरुको सल्लाहमा सारा योजनाहरु बनाउँथे ।
ज्ञानेन्द्रको कार्यशैली र स्वभावको कडा आलोचना र केहि सम्भावनाको दावी गर्दै एक दरवारीया भन्छन्,“विरेन्द्रको हत्या नगरिएको भए २०५८ भित्रै द्धन्द्ध रोकिन्थ्यो, राजसंस्था जोगिन्थ्यो र त्यसपछि पनि यसरी मुलुक राजनीतिक अस्थिरतामा रुमलिनु पर्ने थिएन । राजा विरेन्द्रले सहमतिको खाका बनाइसकेका थिए । तर त्यो कार्यान्वयनका लागि अघि बढ्नै भ्याएन । त्यसपछि आएका राजा ज्ञानेन्द्रले विरेन्द्रका ती योजना अघि लैजान सक्थे । तर ज्ञानेन्द्र त्यस्ता रहेनन् । उनमा घमण्ड थियो र हुनै नसक्ने पद पाएकोमा शक्तिको उन्माद थियो । मैले गरेपछि जे पनि हुन्छ भन्ने भ्रममा थिए ज्ञानेन्द्र ।” बिरेन्द्रको हत्यापछि ज्ञानेन्द्रसँग पनि निकै नजिक भएर काम गरेका यी दरबारीया ज्ञानेन्द्रको स्वभावबारे खुलस्त पादै भन्छन्, “बिरेन्द्रको तुलनामा ज्ञानेन्द्र राजा होईनन्, उनी व्यपारी वा ठेक्दार मात्र हुन् । ज्ञानेन्द्र राजा निकै घमण्डी, लोभी, काथर, डर छेरुवा र फटाह थिए । राजकाल चलाउन प्रशस्त पैसा पनि चाहिन्छ, खर्च गर्नुपथ्र्यो तर खर्च गर्नै नमान्ने । मैले गरेपछि जे पनि हुन्छ भन्ने भ्रम थियो तर राजनीतिक संकार शुन्य थियो ।”
पञ्चातकालीन पूर्व प्रधानमन्त्रीको भनाई उधृत गर्दै एक पूर्व मन्त्री भन्छन्, राजा ज्ञानेन्द्रमा कोठा तथा घर सजावटबारे राम्रो ज्ञान थियो । राजा महेन्द्र ज्ञानेन्द्रलाई आफ्नो कोठाको डेकोरेसन गर्न भन्थे र ज्ञानेन्द्र बढो इमान्दारिताका साथ काम गर्थे । उनले गर्ने डेकोरेसन कुनै व्यवसायीक डेकोरेसनकर्ताको भन्दा राम्रो देखिन्थ्यो । तर सामाजिक तथा राजनीतिक स्वभाव निकै गलत थियो । अर्को प्रशंगमा पूर्व मन्त्री आफ्नै अनुभव सुनाउँछन्, पञ्चायतकालमा राजाको मध्यपश्चिमको भ्रमण भयो । त्यहाँ विकास निर्माणका योजनाबारे छलफल भइरहेको थियो, मरिचमान प्रधानमन्त्री थिए । म पनि त्यो क्याविनेटको मन्त्रि थिएँ, नाम उल्लेख नगर्ने सर्तमा ती पूर्व मन्त्री तथा राजावादीले भनेका छन्, राजासँगै प्रधानमन्त्रीको र त्यसपछि ज्ञानेन्द्रको कुर्सी थियो । आरामका लागि १० मिनेट छलफल रोकेर एकछिन फ्रेस हुने भन्दै सबै बाहिर निस्कनुभयो । राजा, प्रधानमन्त्रीपनि । ज्ञानेन्द्रले प्रधानमन्त्री उठेर बाहिर गएपछि प्रधानमन्त्री बसेको कुर्सीमा आफ्नो कोट राखे र उनीपनि बाहिर गए । म त्यो हेरिरहेको थिएँ । एकछिनपछि राजा विरेन्द्र र प्रधानमन्त्री भित्र आउनु भयो । राजा विरेन्द्र आफ्नो ठाउँमा बस्नुभयो, तर प्रधानमन्त्रीको कुर्सीमा ज्ञानेन्द्रको कोट थियो, ज्ञानेन्द्र आफ्नो कुर्सीमा बसिसकेका थिए । तर प्रधानमन्त्रीको कुर्सीमा आफुले राखेको कोट ज्ञानेन्द्रले निकालेनन् । प्रधानमन्त्रीले कोट झिकेर बस्ने आँट गरेनन्, र ज्ञानेन्द्र मौन बसिरहे । झण्डै दुई मिनटको त्यो अन्यौलपूर्ण अवस्थापछि प्रधानमन्त्री दर्शन दिर्घामा गएर बसे । तर राजा बिरेन्द्रलाई त्यहाँ के भइरहेको थियो थाहा भएन । विरेन्द्रले प्रधानमन्त्रीलाई पटक पटक सँगै अर्थात पहिलेकै सिटमा बस्न आग्रह गर्नुभयो तर प्रधानमन्त्रीले ठिकै छ, म यहि बस्छु भन्दै आउनु भएन । यदि विरेन्द्रले त्यो कोटबारे थाहा पाउनु भएको भए प्रधानमन्त्रीलाई कोट निकालेर त्यहाँ बस्ने वातावरण बनाउनु हुन्थ्यो तर त्यस्तो भएन ।

ज्ञानेन्द्रले किन मरिचमानको कुर्सीमा आफ्नो कोट राखेँ ?
बिरेन्द्र ज्ञानेन्द्रको नियतीप्रति परिचित थिए । र उनी ज्ञानेन्द्रलाई आफु गएको कुनैपनि स्थानमा त्यस्तो महत्व दिदैनथे । राजाको एकापटि ज्ञानेन्द्र र अर्कोसाइडमा प्रधानमन्त्री बस्नुपर्ने तर ज्ञानेन्द्रलाई तेस्रोमा राखिएको थियो । उनले आफुलाई गरेको अपमानको जवाफ फर्काएका थिए । र ज्ञानेन्द्र आफैँपनि मरिचमानलाई मन पराउँदैन थिए । तर त्यो मरिचमानले अपमान गरेका थिएनन् । बिरेन्द्रको निर्देशनमा त्यो संरचना बनाइएको थियो । त्यसबारे मरिचमान अनविज्ञ थिए । ज्ञानेन्द्र त्यस्ता व्यक्ति हुन्, उनी निकै तल्लोस्तरको सोँचमा काम गर्छन । ती दरबारीया भन्छन्, ज्ञानेन्द्र काम नलाग्ने धातुबाट बनेका मानिस हुन् र उनकै हातमा राजसंस्था पुग्दा राजसंस्था सकियो । २०५७ सालको अन्त्यतिर दरबारकै विस्वास पात्रबाट माओवादी अध्यक्ष पुष्पकमल दाहारसँग कुराकानी भइरहेको खुलासा गर्दै ती राजाबादी भन्छन्, ज्ञानेन्द्र राजा हुने वित्तिकै माओवादीसँगको संवाद रोकियो । उनले माओवादीलाई राजनीतिक दृष्टिले हेर्न सकेनन् र माओवादी पनि नेपाली नै हुन् भन्ने ख्याल गर्न सकेनन् । त्यसपछि माओवादी संसदवादी दलहरुको कित्तामा पुगेको हो ।
(कुराकानीमा समेटिएका पूर्व प्रधानमन्त्री, मन्त्री र राजावादी नेताहरुको नाम उनीहरुको आग्रहमा गोप्य राखिएको छ )

प्रतिक्रिया दिनुहोस्