Logo
Ad

दिल्लीमा सन्दीपबारे अर्को सनसनी : तीन बढी खोजमा सन्दीपलाई पहिलो नम्बर

९ जेठ । काठमाडौं

पहिलो सहभागितामा नै सनसनीपूर्ण प्रदर्शन गरी आफूलाई ‘वल्र्ड क्लास’ बलरका रुपमा उभ्याएका सन्दीप लामिछानेलाई उनको क्लबले महत्वपूर्ण खेलाडीको रुपमा सूचित गरेको छ ।

दिल्ली डेयरडेभिल्सको आधिकारिक साइट दिल्लीडेयरडेभिल्सडटकमका अनुसार २०१८ सिजनको आइपिएलमा सन्दीपलाई तीन महत्वपूर्ण खोजी गरिएका खेलाडीको पहिलो नम्बरमा राख्दै समाचार बनाएको छ ।

१४ म्याचमा ५ खेलमात्रै जितेर प्लेअफमा पुग्न नसके पनि तीन खेलाडीको प्रदर्शन सानदार रहेको भन्दै दिल्लीले प्रसंशा गरेको हो । यसमा पहिलो नम्बरमा सन्दिपलाई राख्दै उनले अन्तिम तीन खेलमध्ये दुईवटा जिताउन महत्वपूर्ण भूमिका खेलेको जनाएको छ । दिल्लीका लागि यादगार प्रदर्शन गर्नेमध्ये सबैभन्दा ठूलो नाम सन्दीप भएको चर्चा गरिएको छ । तीन म्याचमा ५ विकेट लिएर आफूलाई स्थापित गरेको मात्र नभई गत वर्षको विजेता मुम्बईलाई हराउन पनि सन्दीपको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिएको छ । मुम्बई विरुद्ध सन्दीपले महत्वपूर्ण तीन विकेट लिएका थिए ।

 

 

दिल्लीले दोस्रोमा पृथ्व शालाई राखेको छ । उनले पनि सुरुमा अवसर पाएका थिएनन् तर, टिमले एकपछि अर्को गरी हार्न थालेपछि उनले ओपनिङ गर्दै आफ्नो क्षमता देखाएका थिए । तेस्रो नम्बरमा दिल्लीले अभिषेश शर्मालाई राखेको छ । उनले पनि सन्दीपसँगै पहिलोपटक आरसिबीविरुद्ध डेब्यु गरेका थिए । उनले सो खेलमा १९ बलमैं ४६ रनको महत्वपूर्ण भूमिका निभाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्